आलिया भट्टलाई काजोलले आलिया कपुर भनेपछि

डिसी नेपाल
३० असोज २०७५ १४:५१

काठमाडौं । बलिउड नायिका काजोल देवगनको हालै रिलिज भएको चलचित्र ‘हेलीकप्टर ईला’ले बक्स अफिसमा खासै राम्रो कमाई गरिरहेको छैन । चलचित्रले शुरुका चार दिनमा ४ अर्ब ५० करोडको कलेक्सन गरेको छ ।

काजोल अहिले निकै चर्चामा रहेकी छिन् । तर त्यो चर्चा चलचित्रले बटुलेको भने होइन । उनले नेहा धुपियाको टक शो ‘नो फिल्टर नेहा २’ मा बलिउड नायिका आलिया भट्टको बारेमा दिएको एक अभिव्यक्तिका कारण उनी चर्चामा आएकी हुन् ।

हाल मानिसहरुले आलिया भट्टको नाम बलिउड नायक रणविर कपूरसँग जोडिरहेका बेला टक शो मा बोल्दै काजोलले यिनिहरुको सम्बन्धमा थप मोहर लगाएकी छिन् ।

टक शो को प्रोमोमा काजोल र नेहा रमाइलो गर्दै कुरा गरिरहेको देखिएका छन् । कुरै कुरामा काजोलले आलिया भट्टलाई आलिया कपूर भनेकी छिन् । लगत्तै उनलाई आफ्नो गल्तिको महसुुुस भयो तर तेतिन्जेल ढिला भइसकेको थियो ।

काजोल र अजय देवगन आफ्नो नीजि जीवनलाई एकदमै नीजि बनाउनमा विश्वास गर्छन् । तर नेहाको शो मा काजोलले नीजि जीवनको बारमा पनि खुलेर कुरा गरेकी छिन् । उनले भनेकी छिन्, उनकी छोरी नीसा र छोरा युगलाई काजोलका चलचित्र मन पर्दैनन् ।

बच्चाहरुले काजोल चलचित्रमा धेरै रुने गरेको र उनले पिता अजयको ‘गोलमाल’ जस्ता चलचित्र खेल्न सुझाव दिने गरेको काजोलले बताएकी छिन् ।

javascript:;




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *