करोड क्लबमा ह्याट्रिक गर्ने पहिलो गायक ‘सरोज ओली’

डिसी नेपाल
१ कार्तिक २०७५ ११:१८

आधुनिक गीतमा लगातार ३ ओटा गीतले करोड भ्युज बटुल्दै करोड क्लबमा ह्याट्रिक गर्ने पहिलो गायक हुन् ‘सरोज ओली’। पछिल्लो समयका चर्चित गायक पनि। उनले गाएका गीतहरु सबै हिट छन्।

तिमीलाई देखेपछि आई लभ यु, जता जता पिरतीको बाटो र माछीले खाने खोलीको लेऊ बोलको गीतलाई युट्युबमा करोडौँ पटक हेरिएको छ। पछिल्लो पटक उनको पानीको कुवाको बोलको गीत सार्वजनिक भएको थियो। कार्टुन्ज क्रुले अभिनय गरेको उक्त गीतलाई युट्युबमा ५ लाख भन्दा धेरै पटक हेरिएको छ।

पानी कुवाको, जता जता पिरतीको बाटो र माछीले खाने खोलीको लेऊ बोलको ३ ओटा गीतमा कार्टुन्ज क्रुले अभिनय गरेका छन्। उनको पहिलो सुपरहिट गीत थियो तिमीलाई देखेपछि आइ लभ यु जसमा पल शाह र सुन्तललीले अभिनय गरेका थिए।

धेरै पहिले देखि नै कला क्षेत्रमा सक्रिय रहँदै आए पनि तिमीलाई देखेपछिले सरोजलाई दर्शक तथा स्रोता माझ चिनाएको हो। सरोज ओली स्वयंम पनि आफु स्थापित हुनुमा तिमीलाई देखेपछि आइ लभ यु बोलको गीत नै भएको स्विकार्छन्।

गायक सरोज एकदमै चुजी स्वभावका छन्। उनलाई गीत सुन्न एकदमै मनपर्छ। उनी गीत सुन्दा पनि एकदमै चुज गरेर मात्रै सुन्छन् । जस्तो पायो त्यस्तो गीतले उनलाई छुँदैन्। त्यसैले पनि गीत गाउँदा एकदमै चुज गरेर मात्रै गाउँछन्। उनको एउटा टिम छ। उनी प्रायः अरु संगीतकारले गाएका गीत गाउँदैनन्। उनका अधिकांश गीतहरुमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत हुने गर्छ भने शब्द चाँही दिनेश थपलियाले लेख्ने गर्छन्। विगत ३ वर्षदेखि संगितकार बसन्त सापकोटा, गीतकार दिनेश थपलिया र गायक सरोज ओलीको क्यामेष्ट्रि गज्जब मिलेको छ। ढुंगा छोयो भने पनि सुन हुन्छ भने जस्तै गायक सरोजले जुन गीत गायो त्यो गीत हिट हुने गरेको छ। यस्को सफलताको श्रेय उनी आफु मात्र लिँदैनन् संगीतकार, गीतकार र म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई पनि दिन्छन्।

ओलीको जन्म झापा जिल्लामा भएको हो। उनी झापाबाट कलाकार बन्ने सपना बोकेर काठमाडौँ आएका थिए। काठमाडौँमा लामो समय संघर्ष गरे। बाल्यकाल देखि नै नाँच्न मनपराउने उनी नाँच्नमा पनि पोख्त छन्। कुनै समय उनले काठमाडौँमा डान्स एकाडेमी खोलेर नृत्य क्लास पनि दिने गरेका थिए। उनले नृत्य सिकाएका कयौँ ब्यक्तिहरु चर्चित मोडल बनेका छन्। जस मध्य एउटा नाम हो कार्टुन्ज क्रुका सरोज अधिकारी। सरोज अधिकारीले कुनै समय गायक सरोज ओलीसँग नृत्य क्लास लिने गरेका थिए। गायक सरोजका अधिकांश गीतमा कार्टुन्ज क्रुले अभिनय गर्नुको एउटा कारण यो पनि हो।

उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनले अभिनय गरेका म्युजिक भिडियोहरु युट्युबमा प्रशस्तै भेट्न सकिन्छ। म्युजिक भिडियोसँग सँगै उनले कयौैँ सुचना तथा सन्देशमूलक गीतहरुमा आवाज दिनुका साथै अभिनय पनि गरेका छन् । ट्राफिक नियम सम्बन्धमा बनेको हिट गीत रातो बत्तिमा रोकिने सरोजले गायका हुन्। जसमा उनी आफैले मोडलिङ पनि गरेका थिए । आफ्ना धेरै गीतहरु हिट भैसके धेरैले ट्राफिक गीत गाउने गायक भनेर चिन्ने गरेको उनी बताउँछन्। गायक ओलीले उत्कृष्ट गायकको रुपमा दर्जनौँ अवार्ड पनि हात पारिसकेका छन्।

उनको परिचय गायक र डान्सरको रुपमा मात्रै छैन्। उनी कुशल फिल्म निर्माता पनि हुन्। उनी शुभ भिडिया होम प्रा.लीका अध्यक्ष हुन् जस्ले सामाजिक छोटा फिल्म, डकुमेन्ट्री तथा म्युजिक भिडियोहरु उत्पादन गर्दै आएको छ। नेपाल टेलिभिजनबाट प्रशारण भइरहको चर्चित टेलिसिरियल सिंहदरबार २ उनकै मिडिया कम्पनी शुभ मिडिया होमले उत्पादन गर्दै आएको छ।

त्यस्तै लोडसेडिङ सम्बन्धी छोटो फिल्म उज्यालो नेपाल, हुन्नरी, गाउँकी छोरी लगायत दर्जनौँ फिल्महरु शुभ मिडिया होमले निर्माण गरिसकेको छ। गायक सरोज ओली मिडिया मालिक पनि हुन्। उनी मनोरञ्जनात्मक न्युज पोर्टल गज्जबको अनलइनका संचालक हुन्। साथै युट्युब च्यानल गज्जब टिभी पनि उनकै हो।

गायक ओली दशैँमा यसपाली जन्मघर झापा जाँदैछन्। उसो त उनी सःपरिवार काठमाडौँमै बस्छन्। उनी झापा जन्मिए पनि काठमाडौँ ३२ उनको स्थायी बसोबास स्थल हो। तर पनि चाँडपर्वको बेला उनी झापा पुग्ने गरेका छन् आफ्नै गाउँमा। गाउँमा दशैँ मनाउनुको मज्जा नै बेग्लै हुने उनी बताउँछन्। यसपालीको दशैँ पनि झापामै मनाउने उनको सोँच छ। पुर्वतिर हुने विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुती दिँदै घर पुगेर टिका ग्रहण गरी काठमाडौँ फर्कने उनको योजना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *