अनु मलिकमाथि यौन दुर्व्यवहारकाे आरोप, इण्डियन आइडलबाट निकालिए

डिसी नेपाल
५ कार्तिक २०७५ १६:५८

एजेन्सी । संगीतकर्मी अनु मलिकलाई सोनी टिभीले इन्डियन आइडल सिजन १० बाट निकालेको छ। मलिकलाई यौन दुर्व्यवहारको आरोप लागेपछि  शोबाट निकाल्नु परेको सोनी टिभीले जानकारी दिएको छ। न्युज एजेन्सी एएनआईका अनुसार शो मा अनु मलिकको ठाउँमा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने तयारी भइरहेको छ।

सन् २००४ देखि रियालिटी शो मा निर्णायक रहेका उनलाई ‘मी–टु’ अभियान अन्तर्गत ४ जना भन्दा बढी महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन्। अनु मलिकलाई गायिका सोना महापात्रा र श्वेता पण्डितले यौन दुव्र्यवहारको आरोप लगाएका थिए। यी बाहेक अरु दुई महिलाले पनि मलिकलाई यौन दुव्र्यवहारको आरोप लगाएका छन्।

गायक कैलाश खेरमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गायिका सोना महापात्राले मलिकमाथि आरोप लगाएकी थिइन्। सोनाले मलिकलाई आरोप लगाउँदै लेखेकी थिइन्– कैलाश खेर जस्ता मानिस यो इन्डस्ट्रीमा धेरै छन्, जस्तै अनु मलिक। यसको जवाफमा मलिकले सोनासँग कहिलेई भेट नभएको जिकिर गरेपछि सोनाले फेरि लेखिन्– कस्तो कुरा गर्दैछौ मलिक तिमीले मलाइ राति भेट्न बोलाएको बिर्सेउ ? भनी प्रश्न गरेकी थिइन्। मलिकलाई यस्तो आरोप लागेपछि उनको पक्ष र विपक्षमा उभिने मानिसहरुको भिड लागेको छ।

यस्तैमा गीतकार समिर मलिकको पक्षमा बोलेका छन्। उनका अनुसार त्यो समय उनी मलिक र श्वेतासँगै थिए। समिरले स्वेताको आरोप झूटा भएको बताएका छन्। उनले भनेका छन्, ‘मलाई राम्ररी थाहा छ की स्वेता आफ्नो आमासँग आएकी थिइन् । मलिकले उनीहरुलाई रेकर्डिङ हलमा बस्न भनेका थिए । काम सकिएपछि मलिकले श्वेतालाई बोलाएर भनेका थिए ‘छोरी तिमी कुनै गीत सुनाउन चाहन्छौ भने सुनाउ ।’

त्यतीबेला श्वेता आफैले अर्को कोठामा गीत गाउन सक्छु भनेर प्रश्न गरेकी थिई । त्यतीबेला मलिकले भनेका थिए, ‘म चाहन्छु समिर पनि तिम्रो आवाज सुनोस् ।’ गीत सुनिसकेपछि मलिकले भनेका थिए, ‘ तिम्रो स्वर राम्रो छ । भविष्यमा कुनै प्रोजेक्ट आए तिमीसँग पक्कै काम गर्छु ।’ पछिल्लो समय बलिउडमा मात्रै नभई पुरै भारतमा ‘मी–टु’ अभियानले तहल्का मच्चाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *