अनुष्कादेखि प्रियंकाकी बहिनीसम्म रणवीरको यस्तो थियो अफेयर
एजेन्सी। बलिउड अभिनेता रणवीर सिंह १४–१५ नोभेम्बरमा दीपिका पादुकोणसँग विवाह गर्न गइरहेका छन्। उनीहरुको विवाह इटलीमा हुने बताइए पनि मुम्बईमा नै हुन सक्ने अनुमान पनि गरिएको छ।
यदि रणवीरको निजी जीवनको कुरा गर्ने हो भने उनी कुनै बेला धर्मेन्द्र र हेमा मालिनीकी कान्छी छोरी अहाना देओलसँग अफेयर्समा थिए। रणवीर त्यतिबेला फिल्म उद्योगमा प्रवेश नै गरेका थिएनन्। कलेज पढ्दा नै रणवीरले अहानासँग डेट सुरु गरेका थिए।
रणवीर सिंह र अहाना देओलको सम्बन्ध राम्रै चलिरहेको थियो, तर अचानक अहानाले रणवीरलाई छोडी दिइन्। भारतीय संचारमाध्यमका अनुसार अहानाले त्यस क्रममा रणवीरलाई बलिउड अभिनेता आदित्य राय कपुुर अर्थात विद्या वालनका देवरसँग प्रेममा परेर छोडेकी थिइन्।
रणवीर स्वयंले एक अन्तर्वाताका क्रममा भनेका थिए–जुनियर कलेजमा उनी प्रत्येक युवाको नजरमा थिइन्। जुन युवती ९अहाना० कालागि कलेमा ४–५ वर्षसम्म म पागल नै भएको थियो। अहिले उनी विवाहित छिन्। र एक बच्चाकी आमा पनि हुन्। एक दिन हाम्रो ब्रेकअप भयो र मैले के थाहा पाएँ भने उनी आदित्यसँग रिलेशनशीपमा छिन्।’
ब्रेकअप पछि अध्ययनका क्रमाम रणवीर विदेश गए। उता ओहनाको विवाह दिल्ली बेस्ड व्यापारी वैभव वोहारासँग २०१४ मा भयो। अहिले उनीहरुका एक छोरा ड्यारियन वोहरा छन्।
रणवीरले आफ्नो डेब्यू फिल्म ‘बैंड बाजा बारात’ की नायिका अनुष्का शर्मासँग स्क्रीन शेयर गरेका थिए। फिल्मपछि दुवैबीचको अफेयर्सको किस्सा संचारमाध्यममा चर्चामा रहे। यद्यपी लामो समयसम्म डेटिङ गरेपछि उनीहरुबीच ब्रेकअप भयो। अफेयरका क्रममा दुवैले ‘लेडीज भर्सेस रिकी बहल’ मा काम गरेका थिए। ब्रेकअपपछि पनि यो जोडीले फिल्म दिल धड्कने दो मा पनि सँगै काम गरेका थिए।
२०१३ मा रिलीज भएको फिल्म लुटेरे की नायकिा सोनाक्षी सिन्हासँग पनि रणवीरको अफेयर्स चलेको चर्चा भएको थियो। लामो समयसम्म यी दुईबीचको अफेयरले मिडियामा स्थान पायो। तर रणवीरले यो कुराको खण्डन गर्दै भने–सोनाक्षी मेरी असल साथी मात्र हुन्।’
उता रणवीरको नाम प्रियंका चोपडाकी बहिनी परिणीति चोपडासँग जोडिन पुग्यो। दुवैले पहिलो पटक फिल्म लेडीज भर्सेस रिकी बहलमा काम गरेका थिए। तर २०१३ मा किल दिल फिल्मका क्रममा यिनीहरुबीच अफेयर भएको समाचार बाहिरिएको थियो।
Facebook Comment