मोडल राखी सावन्तले भनिन् : तनुश्री लेस्वियन हुन्, उनले पटक पटक मेरो रेप गरिन् (भिडियो)
एजेन्सी । पछिल्लो समयमा मिटू अभियान थाले पछि अधिकाशं चर्चित व्यक्तित्वहरु पनि यौन उत्पीडनको सिकार बन्दै आएका छन्।
मन्त्री तथा चर्चित खेलाडीलगायतका व्यक्तिलाई पनि बलात्कारीको रुपमा पीडितहरुले खुलासा गर्दै आएका छन्। कुनै बेला आफ्नो इज्जतमा दाग लाग्नसक्ने भन्दै सबै कुराहरु गोप्य राख्दै आएका चर्चित व्यक्तित्वहरु पनि पछिल्लो समयमा आफू जस्तै अरु पनि यौनको सिकार नबनून भनेर चलाएको मिटू अभियानले चर्चित व्यक्तिहरुपनि बलात्कारी भएको पुष्टि हुँदै आएको छ।
त्यसै अन्र्तगत वरिष्ठ कलाकार नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएर बलिउडमा सनसनी मच्चाएकी अभिनेत्री तनुश्री दत्तामाथि कुनै बेलाकी उनकै साथीसमेत रहेकी मोडल राखी सावन्तले सनसनीपूर्ण आरोप लगाएकी छन्।
राखीले तनुश्री लेस्वियन भएकोसमेत खुलासा गरिन्। पत्रकार सम्मेलनमा भावुक हुँदै राखीले भनिन्, ‘तनु लेस्वियन हुन्, उनले मेरो पटक पटक रेप गरिन्।’ तनुश्रीले आफूलाई नसालु पद्धार्थ खुवाएर रेप गरेकोसमेत दावी गरिन्। रेभ पार्टीमा आफूलाई लिएर चुरोटमा गाँजा र चरेससमेत आफूलाई खुवाएको राखीको आरोप छ।
तनुश्रीले राखिमाथि १० करोड रुपैयाँको क्षतिपूर्तिसहित मानहानीको केस गरेपछि राखी मिडियामा आएकी हुन्। उनले आफू सोझी भएको भन्दै तनुले बारम्बार नसालु पद्धार्थ खुवाएको र रेप गरेको भन्दै पत्रकार सम्मेलनमै रोइन्।
बलिउडा मी टू अभियानले भूकम्प नै ल्याएको छ। यो विषयकै कारण भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुपरेको छ भने बलिउडका कयौं हस्तीको करिअर र इज्जत ध्वस्त भएको छ।
मी टूका कारण अति भएको भन्दै राखिले सी टू अभियान शुरु गर्नेसमेत बताइन्। हेरौ थप के के भनिन् भिडियोमा ।
Facebook Comment