एएफसी च्याम्पियनसिप : भारतमाथि नेपालको शानदार जित
काठमाडौं । एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
दोस्रो हाफको ४९ औ मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै नेपाललार्इ अग्रता दिलाएकी थिइन् । अफ सार्इड ट्रयाप गर्दै उनी गोल गर्न सफल भर्इन् । खेल सकिन दुई मिनेट बाँकी छदाँ रेखाले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।
रेखाले खेलको ४९ मिनेटमा गोलको सुन्दर मौका गुमाएकी थिर्इन् । उनले प्रहार गरेको बल भारतीय गोलकिपरले रोकेकी थिर्इन् ।
जितसंगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । नेपालले समुहमा तीन अंक जोडेको छ ।
नेपाल र भारतको समान ३ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्नेछ । भारतले बलियो प्रतिद्वन्द्वी थाईल्याण्डसंग खेल्नेछ ।
Facebook Comment