बिग बोसबाट निकालिएका जलोटालाई आमाको प्रश्न, को हुन् जसलिन ?

डिसी नेपाल
१३ कार्तिक २०७५ ४:३९

एजेन्सी । भजन सम्राटको उपाधि पाएका अनुप जलोटाले भारतीय कन्ट्रोभर्सी रियाली शो बिग बोसमा भाग लिएपछि निकै चर्चामा रहे । खास गरि आफूभन्दा करिब ३७ वर्ष कान्छी गर्लफ्रेण्ड जसलिन मथारुसँगको रोमान्सले उनको चर्चा चुलिएको हो ।

उनै जलोटा अब बिग बोसबाट निकालिएका छन् । आइतबार उनी शोबाट इलिमिनेटट भए । तर, जसलिन भने शो मै छिन् ।

शोबाट बाहिरिएपछि उनले जसलिनबारे प्रश्नहरुको सामाना गर्नु पर्यो । सबैले उनलाई सो प्रेम सम्बन्धबारे सोधरे हैरान पारेपछि जलोटाले सो जसलिनसँगको सम्बन्ध शारीरिक नभएको प्रतिक्रिया दिए । उनले जसलिनसँगको सम्बन्ध आध्यात्मिक रहेको दावी गरे ।

उनले जे भने पनि जसलिन र जलोटाको प्रेम प्रसंगले भारतीय रंगमञ्चमा भूकम्प नै ल्याएको छ । बिग बोसको घरमा पनि उनीहरु रोमान्स गरिरहेका देखिन्थे ।

बिग बोसबाट बाहिरिएपछि उनी सिधै आमालाई भेट्न गए । ८५ वर्षीया उनकी आमाले छोरासँग पहिलो जुन प्रश्न गरिन् त्यसले स्वयम जलोटा पनि हैरान भए ।

जलोटाले भने, ‘मलाई देख्नासाथ मेरी आमाले सोधिन् जसलिन को हो ?’ आमाको यस्तो प्रश्नको जवाफ उनले हल्लामात्र भएको बताएर टालेको बताइएको छ । उनले जसलिन आफ्नी विद्यार्थीमात्र भएको बताएका थिए ।

जलोटा र जसलिन विचित्र जोडी क्याटागोरीमा बिग बोसमा सहभागी भएका थिए ।

जसलिनले आफ्नो र जलोटाको सम्बन्धका विषयमा भनेकी थिइन्, ‘हाम्रो सम्बन्ध निकै पवित्र र संगीतमय छ । मलाई लाग्छ यो प्रेमभन्दा पनि माथि छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *