मि टु अभियानबारे केकी अधिकारीले गरिन यस्तो खुलासा (भिडियोसहित)
काठमाडौँ। अभिनेत्री केकी अधिकारी अभिनयको लागी निकै सफल मानिन्छिन् । उनको अभिनयको तारिफ निकै हुने गर्दछ । क्युट अभिनेत्रीको उपमा समेत पाएको केकी पछिल्लो समय चर्चामा रहेको ‘मि टु मुभमेन्ट’ को बारेमा खुलेर कुरा गरिरहेकी छिन् । यही विषयमा बोल्दै उनले आफू पनि यौन हिंसामा पारेको बताएकी छिन् ।
उनले आफू कलेज लाइफमा रहँदा यसको शिकार भएको बताएकी छिन् । उनले कलेज जीवनमा रहँदा आफू लगातार यसको शिकार भएको र यसको प्रतिकार गर्न नसक्दा आफूलाई अहिले पनि आत्मग्लानि हुने गरेको बताएकी छिन् ।
उनी भन्छिन्, ‘म त्यो समयमा सानो उमेरमा थिए । प्रतिकार गर्ने अथवा नगर्ने निर्णय गर्न सक्ने अवस्थामा पनि थिइन् । त्यो हिंसा हो थाहा थियो, तर पनि आफूलाई दह्रो बनाएर प्रतिकार गर्न सकिन । यसले आत्मग्लानि हुन्छ।’
Facebook Comment