क्रिकेटर रोहित शर्माले तोडे शाहिद अफ्रिदीको विश्व कीर्तिमान
एजेन्सी । भारतीय क्रिकेटर रोहित शर्माले बिहीबार वेष्टइण्डिविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानी विस्फोटक ब्याट्स म्यान शाहिद अफ्रिदीको नाममा रहेको विश्व कीर्तिमान तोडेका छन् ।
रोहितले भारतको तिरुवनंपुरको ग्रीनफील्ड इन्टरनेशनल स्टेडियममा नटआउट ६२ रन बनाए । उनले ५६ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए । दोस्रो छक्का प्रहार गर्दा उनले पाकिस्तानी क्रिकेटर अफ्रिदीको नाममा रहेको सबैभन्दा थोरै इनिंगमा २०० छक्का प्रहार गर्ने विश्व कीर्तिमान तोडेर आफ्नो नाममा लेखाए ।
उनले एक दिवसीय क्रिकेटको १८७ इनिंगमा २०० छक्का प्रहार गरे । अफ्रिदीले २०० छक्का प्रहार गर्न १९५ इनिंग खेलेका थिए । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा २०० भन्दा धेरै छक्का प्रहार गर्ने दुनियाका ७ औं ब्याट्सम्यान हुन् । भारतका तर्फबाट भने २०० छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । उनीभन्दा पहिला महेन्द्र सिंह धोनीले यो उपल्बिध हासिल गरेका थिए ।
२०० छक्का प्रहार गर्न खेलिएका इनिंग र खेलाडी
१८७ रोहित शर्मा
१९५ शाहिद ज्ञढछ
२१४ एडी डिभिलियर्स
२२८ ब्रेंडन म्याक्कुलम
२४८ क्रिस गेल
२४८ महेन्द्र सिंह धोनी
३४३ सनथ जयसूर्या
एक दविसीय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा पाकिस्तानी शाहिद अफ्रिदी (३५१) छन् । दोस्रोमा क्रिसे गेलले २७५ छक्का प्रहार गरेका छन् । यस्तै तेस्रोमा सनथ जयसूर्या (२७०) र चौथोमा महेन्द्र सिंह धोनी २१८ छन् ।
Facebook Comment