यसरी हुन्छ मृत्यु भएका सेलेब्रिटीको नामबाट करोडौं कमाई

डिसी नेपाल
१६ कार्तिक २०७५ ७:१९

एजेन्सी । अमेरिकी म्यागजिन फोब्र्सले बुधबार एक यस्तो सूची जारी गरेको छ, जसमा मृत्यु भएका सेलेब्रिटीको नामबाट अँझ पनि कमाई हुन्छ । यस सूचीमा पप सिंगर माईकल ज्याक्सन टपमा छन् ।

यस्तै एल्भिस प्रिस्ले दोस्रो नम्बर रहेको सूचीमा उल्लेख छ । यस सूचीका टप टेन मध्ये पाँच जना म्यूजिसियन छ ।

फोब्र्सका अनुसार २५ जुन २००९ मा मृत्यु भएपछि ९ वर्षसम्म माईकल ज्याक्सनका नाममा २।४ बिलियन डलर कमाई भएको छ । यो वर्षमात्र उनको नाममा ४०० मिलियन डलर कमाई भएको जनाइएको छ ।

दोस्रो नम्बर रहेका एल्भिस प्रिस्लेको मृत्यु ४० वर्ष पहिला भएको थियो । यसपछि पनि हरेक वर्ष उनका १० लाख एल्मब विक्रि हुने गरेका छन् । त्यसबाट ४० मिलियन डलर कमाई हुन्छ । २०१७ मा एल्भिस चौथो नम्बरमा थिए ।

यो वर्षको सूचीमा तेस्रो नम्बरमा रहेका गोल्फर अर्नाल्ड पामर २०१७ को तुलनामा एक स्टेप झरेका छन् । उनको नामबाट यो वर्ष ३५ मिलियन डलर कमाई भएको छ ।

फोब्र्सले चौथो नम्बरमा कार्टुनिस्ट चाल्र्स स्कल्जलाई राखेको छ । उनको कमाई ३४ मिलियन डलर आँकलन गरिएको छ । गएको वर्ष उनी यस्तो सूचीको पाँचौं स्थानमा थिए ।

यस्तै पाँचौ नम्बरमा म्यूजिशियन बाब मार्लेलाई राखिएको छ । यो वर्ष उनको कमाई २३ मिलियन डलर रह्यो ।

यस्तै १६ मिलियन डलर कमाईका साथ लेखक डां सिउसलाई छैटो नम्बरमा राखिएको छ । १५ मिलियिन डलर कमाईका साथ मीडिया मुगल हग मेफनरलाई सातौं स्थानमा राखिएको छ ।

मर्निल मुनरो १४ मिलियन डलर कमाईका साथ आठौं स्थानमा छन् । उनी यस्तो सूचीमा समावेश एकमात्र महिला हुन् ।

१३ मिलियन डलर कमाईका साथ म्यूजिशियन प्रिन्स नवौं स्थानमा छन् भने १२ मिलियिन डलर कमाईका साथ जोन लेनन १० औं नम्बरमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *