स्याङ्जामा प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सुरु
स्याङ्जा। स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ।
भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि शुरु भएको छ।
प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताए।
Facebook Comment