विवाहका लागि रणवीर-दीपिका इटली उडे, मुम्बइ एयरपोर्टमा एकसाथ देखिए हुनेवाला दुल्हा दुलही
एजेन्सी। बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोण विवाहका लागि इटली गएका छन् । उनीहरु शुक्रबार राती इटली गएका हुन् । एयरपोर्ट पुगेका उनीहरुलाई फ्यान र मिडिया फोटोग्राफरले घेरेका थिए । तर दीपिकाले कुनै कुरा गरिनन्, मात्र मुस्कुराएर अगाडि बढिन् । तर, रणवीरले भने आफ्नो उत्साह लुकाउन सकेनन् ।
रणवीरले भने खुसी खुसी फोटोग्राफरलाई पोज दिए । उनले मिडियाकर्मीसँग केही कुरा पनि गरे र फ्लाइङ किस पनि दिए । यतिमात्र होइन एयरपोर्टमा रणवीरले चर्चित फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’को चर्चित गीत ‘डोली सजाके रखना…’ समेत बजाए । एयरपोर्टमा दीपिका र रणवीर अलग अलग कारमा पुगेका थिए । दीपिका एक्लै थिइन् भने रणवीरकी बहिनी रितिका भवनानी, आमा अञ्जू र पिता जगजीत पनि एयरपोर्टमा देखिए ।
रणवीर र दीपिका दुवैले उस्तै रंगको सेतो आउटफिट लगाएका थिए । दीपिका र रणवीर इटलीका डेस्टिनेशन वेडिङको लागि जाँदैछन् । उनीहरुको बिहे १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोमा हुँदैछ । दीपिका दक्षिण भारतीय भएका कारण १ नोभेम्बरमा दक्षिण भारतीय रिवाजअनुसार विवाह हुनेछ र १५ नोभेम्बरमा रणवीर सिन्धी भएका कारण सिन्धी रिवाजअनुसार विवाह हुनेछ । १ डिसेम्बरमा मुम्बइकमा उनीहरुको रिसेप्सन हुनेछ ।
Facebook Comment