कांग्रेसले बोलायो मंसिर १ गतेलाई केन्द्रीय समिति बैठक

डिसी नेपाल
२९ कार्तिक २०७५ १३:०३

काठमाडौं। काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठक मंसिर १ गते शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विधान मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *