अस्ट्रेलियाका विभिन्न शहरमा निर्जला प्रदर्शनमा

डिसी नेपाल
२ मंसिर २०७५ ६:४३

काठमाडौं । नेपाली चलचित्र ‘निर्जला’ अस्ट्रेलियामा प्रदर्शनमा आएको छ। असोज १९ गतेबाट देशभर ‘सोलो’ प्रदर्शनमा आएको चलचित्रले राम्रै साथ पाएको थियो।

प्रायः शुक्रबार २/३ चलचित्र एकसाथ प्रदर्शनमा आउने गरेकोमा यो चलचित्रले ‘सोलो’ पदर्शनको मिति पाएको थियो। जसले गर्दा पनि चलचित्रलाई राम्रै साथ मिल्यो। हाल यो चलचित्रको अस्ट्रेलियाका विभिन्न ठाउँ सिड्नी, मेल्बर्न, ब्रिस्बेन, एड्लेड र पर्थमा च्यारिटी भइरहेको छ।

च्यारिटीका लागि चलचित्रका निर्माता प्रकाश चन्द्र न्यौपाने अस्ट्रेलिया पुगेका छन्। राजु गिरीको निर्देशनमा बनेका धेरै चलचित्र यौन कथामा आधारित छन्। यसअघि उनी धेरै पटक विवादमा पनि तानिएका छन्। तर यो चलचित्र भने सामाजिक कथामा आधारित छ। चलचित्रले वैदेशिक रोजगारीको कथा बोकेको छ।

चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय रहेको छ। चलचित्रलाई रबि कोइरालाले छायांकन गरेका हुन् भने कोरियोग्राफी कमल राईले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *