भारतका पहलमानलाई हराउँदै नेपालका प्रह्लाद बने प्रथम

डिसी नेपाल
९ मंसिर २०७५ १३:०९

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका २ को चतरीमा आयोजना गरिएको पहलमानी मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष आयेजित मेलाको अवसरमा यहाँ पहलमानी दङ्गल हुने गर्छ।

दङ्गलमा भागलिन भारत र नेपालका पहलवानहरुको जमघट हुँने गर्छ । यस वर्ष पनि शनिबार आयोजित पहलमानी दङ्गलमा नेपाल तथा भारतका पहलमानहरुले भाग लिएका थिए। दङ्गल हेर्न धनुषा र सिरहाका २० हजार भन्दा बढि दर्शकहरु भेला भएका थिए।

प्रतियोगितामा कपिलवस्तुका प्रह्लाद बाबा नामका पहलवानले प्रथम हुँदै ५१ हजार रुपैयाँ हात पारेका छन्। दोस्रो हुने भुरा भनिने पहलवानले ३५ हजार प्राप्त गरेका छन् । भुरा छिमेकी देश भारतका हुन्।

नेपालका तराई जिल्लाहरुमा पहलमानीलाई मनोरन्जनको राम्रो श्रोतका रुपमा लिइन्छ। पहलमानी हेर्न यहाँका मानिसहरु टढा सम्म जाने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *