अन्ततः आमिरले आफ्नो मुख खोले, ‘फिल्म असफलताको पूरै जिम्मेवारी म लिन्छु’

डिसी नेपाल
१२ मंसिर २०७५ १४:२२

काठमाण्डौ । बलिउड सुुपरस्टार आमिर खानको बहुप्रतिक्षित चलचित्र “ठग्स अफ हिन्दोस्तान’ नराम्रोसँग पछारिएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ बक्सअफिसमा असफल मात्र भएन दर्शक र समीक्षकले पनि यो फिल्म रुचाएनन् । अहिले सोसल मिडियोमा फिल्मको डरलाग्दो तरिकाले ट्रोलिङ भइरहेको छ । फिल्मको असफलतापछि मौन बसेका आमिरले अन्ततः आफ्नो मुख खोलेका छन् ।

आमिर भन्छन्, ‘फिल्मलाई लिएर हामी कहीं न कहीं गलत साबित भयौं । म यो कुराको पूरै जिम्मेवारी लिन्छु । दर्शक जुन अपेक्षाका साथ फिल्म हेर्न गएका थिए, म उहाँहरु सबैसँग माफी माग्न चाहन्छु कि यसपटक मैले इन्टरटेन गर्न सकिनँ ।’ उनी फिल्म राम्रो बनाउन पूरा कोशिश गरेको दोहोर्‍याउन छाड्दैनन् । उनले घरेलु बजारमा फिल्म असफल भए पनि अर्को वर्ष चीनमा रिलिज हुने बताएका छन् ।

‘दर्शकलाई फिल्मको बारेमा आफ्नो कुरा राख्न पाउने अधिकार छ । अर्को पटक हामी अझै कडा मिहिनेत गर्नेछौं’, आमिरले भने । अब उनी नेटफ्लिक्सका लागि ७ पार्ट सीरीज ‘महाभारत’ मा काम गर्दैछन् । यस विषयमा आमिर भन्छन्, ‘म अर्को फिल्म के गर्दैछु त्यो मलाई पनि थाहा छैन । मैले अहिले कुनै निर्णय गरिसकेको छैन ।’ ‘ठग्स अफ हिन्दोस्तान’ को असफलतापछि उनी अब हतारमा निर्णय नलिने सोचमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *