चलचित्र ‘२.०’ आजदेखि विभिन्न १४ भाषामा प्रदर्शन
काठमाडौं । बिहीबारबाट बहुप्रतिक्षित चलचित्र ‘२.०’ प्रदर्शन आएको छ।
१४ वटा भाषामा निर्माण गरिएको यो चलचित्र भारतमा मात्रै ६६ सय भदा बढी हलमा एकसाथ प्रदर्शनमा आएको भारतीय संचार माध्यमले जनाएको छ।
रजनिकान्त अभिनित यो चलचित्र बलिउडकै महंगो चलचित्र हो। चलचित्रमा ४ सय ५० करोड भन्दा बढी लगानी गरिएको बताइएको छ । यो रजनिकान्तको ‘रोबोट’ चलचित्रको सिक्वेल हो । चलचित्रमा बलिउड अभिनेता अक्ष कुमार भिलेनको अन्दाजमा देखिएका छन्।
चलचित्रले प्रदर्शन अगावै विभिन्न रेकर्ड तोडेको थियो। यसले बलिउड बक्सअफिसको अहिलेसम्मकै रेकर्ड तोड्ने चलचित्र पण्डितहरुको अनुमान छ। तर यसले कत्तिको सफलता हात पार्छ त्यो भने हेर्न बाँकी नै छ।
यो चलचित्रले नेपाली चलचित्रलाई असर गरेको छ। चलचित्र ‘२.०’ प्रदर्शनमा आएपछि शुक्रबार पनि नेपाली चलचित्र प्रदर्शनमा नआउने भएका छन्। चलचित्रमा रजनिकान्त र अक्षकुमारसँगै एमी ज्याक्सन मुख्य भुमिकामा छिन्।
Facebook Comment