मिस वर्ल्डको फाइनलमा पुगिन् शृंखला खतिवडा (भिडियो)
काठमाण्डौ । चीनमा जारी मिस वर्ल्डको प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृंखला खतिवडा फाइनल राउण्डमा प्रवेश गरेकी छन् । ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्दै उनी फाइनल राउण्डमा प्रवेश गरेकी हुन् ।
शृंखला ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउण्डमा प्रवेश गरेकी हुन् । प्रतिस्पर्धामा सहभागी भएका १ सय २१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । श्रृंखला समूह १३ मा थिइन् ।
छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिए उक्त विधामा श्रृंखलाले दिएको जवाफका आधारमा उनले पाएको भोटसमेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन् ।
आयोजकले हेड टू हेड च्यालेन्जका कूल लागि २.२ बिलियन भ्यू र २० मिलियन भोट आएको उल्लेख गरेका छन् ।
फाइनल राउण्डमा पुगेको मेडल देखाउँदै आफू सबै नेपालीका कारण फाइनल राउण्ड पुग्न सफल भएको बताउँदै आफू निकै आभारी रहेको बताइन् ।
https://www.facebook.com/MissWorld/photos/a.10151130798914974/10157018900214974/?type=3
Facebook Comment