अभिनेत्रीको कपडालाई लिएर हंगामा, हुन सक्छ पाँच वर्ष जेल सजाय
एजेन्सी। इजिप्टकी एक अभिनेत्रीले काहिरा फिल्म फेस्टिवलका क्रममा लगाएको पारदर्शी कपडालाई लिएर विवाद उत्पन्न भएको छ। बीबीसीका अनुसार यी अभिनेत्रीमाथ व्याभिचारकालागि उक्साएको आरोप लगाइएको छ।
काहिरा फिल्म फेस्टिवलका क्रममा रानिया युसेफले कालो रङको पादरर्शी कपडा लगाएकी थिइन्। जसमा उनको कम्मर मुनिको अधिकांश भाग देखिएको थियो। यही पोशासलाई मानिसहरुले मुद्दा बनाएका छन्।
यद्यपी केही मानिसले भने रानियालाई आफूलाई मन पर्ने कपडा लगाउन पाउने अधिकार रहेको पनि बताएका छन्। इजिप्टका न्यायिक प्रणालीसँग जोडिएका केही मानिसले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै यदि रानिया दोषी भएको अवस्थामा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने बताएका छन्।
यद्यपी रानियाले यो विषयमा माफी मागेकी छन्। ४४ वर्षीया रानियाले आफूले लगाएको कपडालाई लिएर यत्रो विवाद हुन्थ्यो भन्ने थाहा पाएको भए आफूले उक्त कपडा नलाउने थिइन भनेकी छन्।
रानिया विरुद्ध एमरो अब्देसलाम र समीर सबरीले मुद्धा दायर गरेका छन्। यी दुवै सेलिब्रेटी विरुद्ध मुद्धा दायर गर्ने व्यक्तिका रुपमा परिचित छन्।
सबरीले समाचार एजेन्सी एएफपीसँग भने–रानियाको पहिरन समाजको मूल्य मान्यता, परम्परा र नैतिकताको विरुद्ध छ। उनको यो पहिरनले फिल्म फेस्टिवल र एजिप्टका महिलाको प्रतिष्ठालाई नोक्सान पुर्याएको छ।’
इजिप्टकाको सगठनले पनि केही पाहुनाको पहिरनप्रति पनि आपत्ति जनाएको छ। रानियाले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै आफूबाट पहिरन छान्दा गल्ती भएको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्–पहिलो पठक मैले यो पोसाक लगाएकी हुँ। मलाइ यो पोसाकप्रति यतिधेरै आक्रोश पैदा होला भन्ने लागेको थिएन। तर म आफ्नो समाजको मूल्य मान्यताप्रति प्रतिबद्ध छु।’
गत वर्ष इजिप्टको एक अदालतले गायक शाइमा अमहदलाई केरा खाँदै अण्डरवेयरमा देखिएको भिडियो सार्वजनिक भएपछि दुई वर्षको जेल सजाय सुनाएको थियो। पछि उक्त सजाय एक वर्षमा झारिएको थियो। गत जनवरीमा अर्का गायक लैला आमेर विरुद्ध पनि उत्तेजक म्युजिकल डान्स गरेको भन्दै मुद्दा दायर गरिएको थियो।
Facebook Comment