जिया खान र प्रत्युषा बनर्जीको आत्महत्यालाई लिएर तनुश्रीको डरलाग्दो खुलासा
एजेन्सी । बिभिन्न यौन शोषण तथा यौन मुद्दा उठाएर स्वाधिक चर्चामा रेहेको ‘मिटू’ अभियान ले फेरी अर्को हंगामा मचाएको छ । यती बेला ‘मीटू’ अभियाको शुरुवात गरेर बलिउडमा हलचल मच्चाएकी अभिनेत्री तनुश्री दत्ताले आफ्नो टीमको साथमा मिलेर बलिउडभित्र भएका यौन उत्पीडनका घटनाहरु बाहिर ल्याउने अभियान नै चलाएकी छिन् ।
‘मिटू’ अभियानकै क्रममा उनले आफ्नो टीममार्फत अर्को एउटा नयाँ बयान सार्वजनिक गरेकी छिन् । उनले आफूले भोगेको पीडालाई फेरि एकपटक सबैको अगाडि राखेकी छिन् । तनुश्रीले लेखेकी छिन्,‘२००८ मा घटेको घटनाले म मानसिक रुपमै विक्षिप्त भएकी थिएँ । मलाई आत्महत्या गर्न मन लागेको थियो ।’
उनले अगाडि भनिन्, ‘२००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा घटेको घटना र मेरो गाडीमा भएको आक्रमणको कारण म डिप्रेशनको शिकार भएको थिए । मलाई त्यो फिल्मको काम सकाउनै पर्ने बाध्यता थियो त्यसैले देखावटी मुस्कानका साथ काम पुरा गरे । तर भित्र – भित्रै आत्महत्याको सोचाई आइरहेको थियो ।’
उनले उक्त विवरणमा जिया खान र प्रत्युषा बनर्जीलाई पनि सम्बोधन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यति धेरै चिन्ता र पीडा झेलेपछि म पूरै टुटीसकेकी थिए तर जब प्रत्युषा र जियाको मृत्युको कुरा सुनेँ तब मलाई गहिरो धक्का लाग्यो ।’
उनले यी दुईको पनि मृत्युको कारण यौन हिंसा र कार्यक्षेत्रमा भएको पीडा भएको बताएकी छिन् । उनले ‘मीटू’ लाई अगाडि बढाउन र न्यायको माग गर्न उत्प्रेरित गरेकी छिन् । जो महिलाको जीवनमा यस्ता घटना घटेका छन् त्यसलाई बाहिर ल्याउनुपर्नेमा जोड दिएकी छिन् । उनले केहि समय अघि बलिउड स्टार नानापाटेकरमाथि ‘हर्न ओके प्लिज’ मा यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।
Facebook Comment