सलिनमान बनियाँ यात्रा मार्फत पर्दामा फर्किदै

डिसी नेपाल
१८ मंसिर २०७५ ७:५६

काठमाण्डौ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर २ु बाट नेपाली रजतपटमा अभिनेता सलिनमान बनियाँको उदय भयो भने उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा हेरिएको छ । डेब्यु फिल्मबाट कामको वाहवाही नभए पनि फरक लुक्सले भने उनीतर्फ दर्शकसँगै चलचित्रकर्मीको पनि ध्यान खिचिएको छ ।

चैत २९ गते अभिनेता अनमोल केसी स्टारर तथा उनको डेब्यु फिल्मको तेस्रो सिरिज ए मेरो हजुर ३ु सँगै उक्त फिल्म जुध्दैछ । यसमा उनी एक भ्लगरको भूमिकामा छन् । डेब्यु फिल्मबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी यस वर्ष नयाँ फिल्म ‘यात्रा’ मार्फत पर्दामा फर्किएका छन् । सलिनमान यात्राु लाई लिएर निकै उत्साहित देखिएका छन् ।

उनलाई भेट्न फिल्मको कार्यक्रमभन्दा अरु बेला असम्भव नै छ ।कोरियन लुक्स, फरक हेयर स्टाइल र पहिरनका कारण मिडियाको लाइमलाइटमा पर्ने गरेका उनी खासै सार्वजनक कार्यक्रममा देखिँदैनन् । फिल्म ‘यात्रा’ को घोषणाको लगभग ७ महिनापछि उनी शनिबार राजधानीमा भएको कामना अवार्डमा झुल्किए ।

उनी अवार्ड समारोहमा उपस्थित हुन्छन् भन्ने अवार्ड आयोजक टिमलाई नै विश्वास थिएन । तर, उनी आफ्नै स्टाइलमा मन्द मुस्कानमा ढल्किँदै देखिए । धेरैपछि सार्वजनिक कार्यक्रममा देखिएका उनलाई आफ्नो क्यामेरामा कैद गर्न फोटोग्राफरवीच तँछाड(मछाड नै भयो । उनले पनि आफ्नो विन्दास अन्दाजमा पोज दिए ।

उनले मिडियासँग पनि केही कुरा गर्न भ्याए । सलिनले ए मेरो हजुर २ु मा पाएको माया ुयात्राु मा फेरि पाउने विश्वास व्यक्त गरे । फिल्मको छायांकन लामो समय चले पनि राम्रो भएको उनी बताउँछन् । ुयात्राु, ुए मेरो हजुर ३ु सँग भिड्दैछ, के भन्नुहुन्छ रु पत्रकारको प्रश्नमा मुसुक्क हाँस्दै उनले छोटो बोले, राम्रै हो ।ु

पहिलो पटक अवार्ड कार्यक्रममा उनी उपस्थित हुनु अवार्डको लोभले थियो वा फिल्म ुयात्राु को प्रचारका लागि भन्ने यो त उनी नै जान्दछन् । जे भए पनि धेरैपछि दर्शक र मिडियाले उनीसँग साक्षात्कार गर्न पाए । सलिनमान ुकामना अवार्डु मा ए मेरो हजुर २ु बाट नव(नायकको विधामा मनोनित थिए । तर, अवार्ड ग्यांगस्टार ब्लूजु बाट आशिरमान देशराजले चुमे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *