विश्व सुन्दरीहरुको दौंडमा नेपाली चेली श्रृंखला रेकर्ड तोड्दैं अग्रस्थानमा !
काठमाडौं । अहिले चर्चामा रहेको विषय बनेकी छिन श्रृङ्खला खतिवडा ! उनी आजको दिनमा चीनमा विश्व सुन्दरीहरुको महाभेलामा नेपालको पक्षमा नतिजा ल्याउनको लागि अनवरत रुपमा लागेकी छिन । उनको यो प्रयासमा इट्टा थप्ने काम देश विदेशमा रहेका लाखौं करोडौं नेपाली जनता र खतिवडा सर्मथकहरुको हो ।
आज संसारलाई नेपाल कस्तो ? भनेर चिनाउँने यो भन्दा ठुलो अवसर हामीसँग विरलैं आउँछ । हामीले खतिवडालाई शक्दो सहयोग गर्नुपर्छ यो कुनैं नेताको छोरीसँग जोडिएको राजनीतिक विषय होईन यहाँ सुन्दरताको खानि भएको विश्वको स्वर्ग नेपाल देशको सवालको कुरा भइरहेको छ । हामीले यो भन्दा पहिले पनि संसारलाई नेपाल चिनाउँन सफल भएका छौं त्यसैं बिचमा यो पनि एक महत्वपुर्ण हो ।
आज नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा पुगेकी श्रृंखला खतिवडालाई हामीले दिएको भोट र मायाले हाम्रो देशको गौंरव र एकतालाई उच्च बनाएको छ । उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा सिंगापुरसँग परजित भएकी थिइन । पराजित हुँदा उनले देशवासीसँग माफि माग्दैं सिंगापुरलाई गालि नगर्न र हिम्मत नहार्न भनेकी थिइन । उनको यही व्यत्तित्वले उनलाई सफलताको शिखरमा पुग्न रोक्नेछैन ।
उनले सिंगापुरसँगको पराजय पछि पनि विश्व सुन्दरीको अन्तिम दौंडमा आफ्नो नाम लेखाउन सफल भएकी छिन । खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेका खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।
उनले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी साट्दै सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको कुरा सुनाइन् । उनको कला कौंशलता सबैंका लागि प्रेरणाको स्रोत बन्ने देखिएको छ । उनले आफुले समाजमा रहेर समाजसेवा गर्न चाहेको कुरा सुरुदेखि नैं बताउँदैं आएकी छिन । हामी सबैंलाई थाहाँ छ सुन्दरी प्रतियोगिता जित्नेहरुमध्यमा धेरैं कलाकारितामा जान्छन तर खतिवडाले समाजसेवालाई कलाकारिता बनाएकी छिन ।
उनले खुशी मिसिएर गला भारी भएको आवाजमा भनिन्, “एण्ड, आर्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।” यसका बारेमा श्रृंखलाले आधिकारीक जानकारी गराए पनि मिस वर्ल्डको आधिकारिक पेजमा आउन भने बाँकी छ । ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनको पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेको छ । विश्व सुन्दरी बन्ने दौंडमा रहेकी खतिवडालाई हाम्रो पनि अग्रिम बधाई !
Facebook Comment