‘मिस वर्ल्ड’को फाइनलमा छोरीको हौसला बढाउन चीन जाँदै शृंखलाका बुबाआमा
काठमाण्डौ । मिस वर्ल्ड-२०१८ को फाइनल राउन्डमा छोरी शृंखला खतिवडालाई हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्।
चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् ।
यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ।आफूहरू उपस्थित हुँदा छोरीको हौसला बढ्ने अपेक्षासहित बुबा विरोध र प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल बिहीबार चीन जाने भएका हुन्।
उनीहरूसँगै २० जनाको टोली बिहीबार साँझ चीन जानेछ । चीन जाने टोलीमा आफन्तहरू रहेको शृखंलाका बुबा खतिवडाले जानकारी दिए।
प्रतिक्रिया
Facebook Comment