प्रधानमन्त्री मोदी पुगे प्रियंका–निकको भव्य दिल्ली रिसेप्सनमा (भिडियो सहित)

डिसी नेपाल
१९ मंसिर २०७५ ५:५५

बलिउड स्टार प्रियंका चोपडा र हलिउड गायक तथा मोडल निक जोनसले दिल्लीको ताज प्यालेस होटलमा बिहेको पहिलो रिसेप्सन पार्टी दिएका छन् ।

दिल्लीमा भएको उक्त भव्य रिसेप्सन पार्टीमा भारता प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेर प्रियंका र निकलाई बधाइ दिए । निक र प्रियंकाको परिवारका अलावा पार्टीमा थुप्रै सेलिब्रेटी थिए । अर्को रिसेप्सन मुम्बइमा हुनेछ जसको मिति अझैसम्म निर्धारण गरिएको छैन ।

प्रियंका र निकले हिन्दू र त्रिस्चियन रिवाजअनुसार विवाह गरेका हुन् । क्रिस्चियन रिवाजअनुसार १ डिसेम्बर र हिन्दू रिवाजअनुसार २ डिसेम्बरमा विवाह भएको थियो । यो विवाहमा उद्योगपति मुकेश अम्बानी पनि पूरै परिवारका साथ उपस्थित थिए ।

हेर्नुहोस् रिसेप्सन भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *