संघीय फोरमको महाधिवेशन वैशाखमा !
काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ ।
काठमाडौंका तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८ र २९ गतेका प्रस्ताव गरेको हो । अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेशन वैशाखमा गर्नका लागि प्रस्ताव राखेका थिए ।
महाधिवेशननका साथै अन्य राजनीतिक विषयहरूमा निर्णय गर्न राजनीतिक समितिले मंसिरको २२ गते ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा बस्नेछ ।
केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशनका साथै सरकारमा पार्टीको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण लगायतका एजेण्डा राजनीतिक समितिले तय गरेको संघीय फोरमले जनाएको छ ।
राजनीतिक समितिको बैठकमा अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए ।
Facebook Comment