‘रणवीर’ फिल्मको एक गित छायांकनमा २५ लाख रुपैयाँ खर्च

डिसी नेपाल
२१ मंसिर २०७५ ९:०२

गीतले फिल्मको हाइप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा अहिले निर्माताहरु गीतलाई उत्कृष्ट बनाउन लगानी गर्न लोभ गर्दैनन् । गीतसंगीतलाई फिल्मको प्रमुख मेरुदण्डको रुपमा लिइन्छ । गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस सुखद हुने भएकाले विभिन्न मनोरम लोकेसन तथा लाखौंको सेट खडा गरेर गीत खिच्ने क्रम निकै बढेको छ ।

त्यस्तै माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ को एक गीत खिच्न पनि निर्माताले लाखौं खर्च गरेका छन् । ‘तिरिमिरी तिरिमिरी तिनतारा’ गीतको छायांकनमा २५ लाख रुपैयाँ खर्च भएको निर्माता दीपेन्द्र रेग्मीले बताए। हालै गीतको छायांकन राजधानीको नक्सालस्थित बालमन्दिरमा भव्य सेट तयार गरेर ४ दिन लगाएर गरिसकिएको छ । संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ ।

गायनमा राजनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचर्ड छन् । यही फिल्ममार्फत अभिनयमा डेब्यु गरेका शुभेच्छा र सुपुष्पाले नेपाली टिपिकल ड्रेसमा आफूलाई प्रस्तुत गरेका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

निर्देशक लामिछाने भन्छन ‘गीतलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौं’ , ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’ निर्मात्री गोमा बिस्टले गीतलाई विना सम्झौता तयार गरेको बताइन् । ‘गीतमा हामीले फिल्मझैँ सम्झौता गरेका छैनौं’ उनले भनिन्, ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’

फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।भने फिल्ममा प्रशान्त ताम्राकार, सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *