प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड उपस्थित नभएपछी अन्य सदस्यले गरे बैठक बहिष्कार

डिसी नेपाल
२२ मंसिर २०७५ १२:४२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेका छन्। शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि बहिष्कार गरेका हुन्।

तोकिएको समय सकिएको १५ मिनेटसम्म पनि प्रधानमन्त्री उपस्थित नभएपछि बैठक बहिष्कार गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउनेलगायत विषयमा छलफलका लागि सचिवालयको बैठक बोलाइएको थियो।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसमेत बैठक कक्षमा नदेखिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटारबाट बाहिरिएका हुन्।

‘हामीले पहिल्यै नै हरेक बैठक समयमै गर्ने नियम बनाएका थियौं, यसपटक बैठकका लागि तोकिएको समयभन्दा १५ मिनेट पर्खदा पनि बैठक सुरु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामी हिँडेका हौं।’

उनले आफुहरू सकैकाविरुद्धमा एकजुट भएर नहिडेको समेत प्रष्ट पारे। ‘आफैले बनाएको नियमलार्इ कार्यन्वयन गर्न हामी बैठक कक्षबाट निस्किएका हौं’, उनले भने। यो आफैंलाई सचेत कदम भएको उनले बताए। नेकपा सचिवालयका नौ सदस्यमध्ये चारजनाले बहिष्कार गरेपछि बैठक स्थगीत भएको हो।

उता बालुवाटार स्रोतले प्रधानमन्त्री ओली त्यही समयमा विशेष भेटघाटमा भएको बताएको छ । ‘प्रधानमन्त्री एउटा विषेश भेटघाटमा हुनुहुन्थ्यो’, स्रोतले भन्यो, ‘त्यही समयमा उहाँहरु बालुवाटारबाट बाहिरिनु भएछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *