मिस वर्ल्डको टप-१२ बाटै बाहिरिइन् शृंखला खतिवडा !
काठमाडौं। मिस नेपाल श्रृंखला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को फाइनल राउण्डको टप १२ मै सिमित भएकि छन् । टप ३० बाट एसिया महादिपबाट टप १२ मा पुगेकी श्रृंखला टप ५ मा आइपुग्दा बाहिरिएकि हुन्।
उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका थिए। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिए। टप ५ मा थाइल्याण्डकी सुन्दरी छनोट भइन् ।
मिस एसियाको उपाधि पनि थाइल्याण्डकी सुन्दरीले जित्दै टप ५ मा प्रवेश गरेकि हुन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment