मेक्सिकोकी भेनेस्सा पोन्सले जितिन् ‘मिस वर्ल्ड-२०१८’ को ताज, नेपालकी शृंखला टप-१२ मै सीमित

डिसी नेपाल
२२ मंसिर २०७५ १४:४७

काठाण्डौ । “मिस वर्ल्ड २०१८” को ताज मेक्सिकोकी सुन्दरी भेनेस्सा पोन्सले जितेकी छन् । शनिबार चीनमा सम्पन्न भएको फाइनल राउण्डमा चार देशकी सुन्दरीलाई पछि पार्दै मेक्सिकोकी सुन्दरी भेनेस्सा पोन्सले “मिस वर्ल्डको ताज पहिरिएकी छन् ।

यसैगरी थाइल्याण्डकी निकोलेन लिम्सुकान फस्ट रनर अप बनिन् । उनी नेपालकी शृंखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । शृंखला भने अन्तिम १२ बाटै बाहिरिइन् ।

मिस नेपाल श्रृंखला खतिवडा ‘मिस वर्ल्ड २०१८’ को फाइनल राउण्डको टप १२ मै सिमित भएकि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *