ब्यालोन डी’ओर नजितेपनि मेस्सी ‘धर्तीकै उत्कृष्ट फुटबलर’

डिसी नेपाल
२२ मंसिर २०७५ १७:४१

विश्वको उत्कृष्ट खेलाडी को ? भन्ने चर्चा र परिचर्चाले गतहप्ता विश्व हल्लायो । ब्राजिलका महान खेलाडी पेलेले दुई दिनअघि मात्र लियोनल मेसी भन्दा राम्रा अरु पनि खेलाडी राम्रा भएको तर्क राखे ।
यही प्रश्न नेमारलाई पनि सोधियो । नेमारलाई क्रिस्टियानो रोनाल्डो र मेसीमा को उत्कृष्ट भनेर जिज्ञासा राख्दा नेमारले मेसीको नाम लिएका थिए ।

कतिले रोनाल्डो र कतिले मेसीको नाम लिनेको होडबाजीले विश्व खेलजगत् तताई रहेको थियो । अझ अघिल्लो साता पेरिसमा सम्पन्न ब्यालोन डी’ओर अवार्डमा लुका मोड्रिचको नाम अगाडि आएप्छि मेसी र रोनाल्डोले अवार्ड नपाएको विषयले झनै चर्चा पायो ।

यिनै चर्चा र परिचर्चाबीच अर्जेन्टिनी स्टार एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर भएको एक अध्ययनले स्पस्ट पारेको छ ।
अमेरिकाको चर्चित मिडिया ‘इएसपिएन एफसी’ को अध्यननले मेसीलाई विश्वकै उत्कृष्ट फुटबलर ठहर गरेको हो । अध्ययनमा संलग्न फुटबल विज्ञहरुले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

इएसपिएनले मैदानका सबै पोसिजनमा खेल्ने खेलाडीमा को उत्कृष्ट भनेर अध्ययन तथा अनुसन्धान गरेको थियो । जसमा ३१ वर्षीय मेसी अगाडी देखिए । उक्त अध्ययन रिपोर्टमा मेसी आफ्नो पोजिसनबाट खेल्ने उत्कृष्ट स्ट्राइकर मात्र नभई ‘धर्तीकै उत्कृष्ट फुटबलर’ रहेको उल्लेख छ ।

रिपोर्टमा मेसीका विभिन्न खेल क्षमता र शैलीको पनि प्रशंसा गरिएको छ । रिपोर्टमा मेसीले रोनाल्डोलाई नै पछि पारेका छन् ।

इएसपिएन एफसीका विज्ञहरुले विश्वभरका दुई सय ५० जना खेलाडीमा गरेको अध्ययनबाट यस्तो निश्कर्ष निकालेको हो ।
अध्ययनमा विभिन्न तथ्य र तथ्यांकलाई आधार मानिएको उल्लेख छ । अध्ययन टोलीमा २५ जना फुटबल विज्ञ सहभाथी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *