मेस्सीको जादुमय फ्रि किकको सहयोगबाट बार्सिलोना शिर्ष स्थानमा
कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
खेलको १७ औँ र ६४ औँ मिनेटमा डिबक्स बाहिर पाएको फ्रि किकको सदुपयोग गर्दै २ गोल गरेका मेस्सीले जारी सिजनमा ११ गोल सहित ८ वटा गोल गर्ने मौका प्रदान गरिसकेका छन् ।
क्याटलाना डर्बीमा बार्सिलोनाले स्पानयोललाई ४-० ले पराजित गर्यो। बार्सिलोनाका लागि ओसमान डेम्बेले र लुइस सुआरेजले पनि एक एक गोल गरे।
जितपछि १५ खेलबाट ३१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। शनिबारै भएको खेलपछि एट्लेटिको मड्रिड र सेभियाले बार्सिलोना समान २८ अंङ्क जोडेको थियो। तर बार्सिलोनाले स्पानयोलविरुद्ध सहज जित हात पार्दै ३ अंकको अग्रता बनाएको हो।
प्रतिक्रिया
Facebook Comment