विवादमा प्रियंका र निक, प्रियंकालाई ‘ठग कलाकार’ भन्दै अमेरिकी वेब साइटले यस्तो लेखेपछि
चर्चित अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाह विवादमा पार्ने गरी अमेरिकी एक वेब साइटले लेख छापेको छ । एक अमेरिकी वेब साइटले बलिउड तथा हलिउड अभिनेत्री प्रियंकालाई ‘ठग कलाकार’ अर्थात ‘स्काम आर्टिस्ट’ भन्दै लेख छापेपछि भारतीयहरुले वेब साइटको चर्को आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा भारतीयहरु अभिनेत्री प्रियंका चोपडाको पक्षमा उभिएका छन् । अमेरिकी वेब साइट द कटमा प्रकाशित भएको प्रियंका सम्बन्धी लेख अहिले हटाइएको छ ।
द कटको लेखमा प्रियंकाले अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनलाई विवाह गर्नका लागि बाध्य अर्थात ट्रयापमा पारेको आरोप लगाइएको थियो । प्रियंकाले आफ्नो हलिउड करिअरलाई थप गति दिनका लागि निकलाई विवाहका लागि दबाब दिएको आरोपसहितको लेख छापिएको थियो । धेरैले द कटमा प्रकाशित भएको लेख रंगभेदी रहेको बताएका छन् ।एजेन्सी
Facebook Comment