मारुनीमा साम्राज्ञी र पुष्पल रोमान्स गर्दै, साम्राज्ञीले पाईन यती धेरै पारिश्रमिक

डिसी नेपाल
२३ मंसिर २०७५ ९:५६

अहिले उच्च माग र राम्रो फेस भएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले १५ लाख पारिश्रमिक बुझेको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । अझै पनिु फेम्ड निर्मात्री पुनम गौतमले निर्माण गर्ने तथा मङ्गलम निर्देशक नवल नेपालले यो फिल्म निर्देशन गर्दैछन् । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का भने रेबिका गुरुङ पनि लिड रोलमा रहनेछिन् ।

माघ अन्तिम साताबाट फ्लोरमा निस्कने तयारी भइरहेको छ । यूकेले भिषा नदिएपछि उनले फिल्म “लिलिबिलीु”मा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्न पाएकी थिइनन् । ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ ।

फिल्म मारुनी नाचमा आधारित त होइन रु निर्देशक नेपालले भने फिल्म नाचसँग सम्बन्धित नभएको बताएका छन् । उनले भने, “राम्री यूवतीलाई पनि मारुनी भन्ने गरिन्छ । दुई राम्री युवतीलाई फिल्ममा मारुनीको रुपमा ब्याख्या गर्न खोजेका छौं ।”

यसअघि फिल्म “मंगलम”मा अभिनेत्री शाहले निर्देशक नेपालको एक्सन(कटमा काम गरेकी थिइन् । पारिवारिक फिल्म बनाउन माहिर मानिने निर्देशक नेपाल “मारुनी” पारिवारिक भए पनि आधुनिकिकरणतर्फ जोड दिएको बताउँछन् । यसअघि उनले “लज्जाु” भाग् सानी भाग्, “तश्विरु, महशुसु लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।

कृष्ण काफ्ले र अर्जुन पोखरेलको संगीत रहने ‘मारुनी’ लाई सञ्जय लामाले खिच्नेछन् । बाँके लगायतका स्थानमा छायांकन गरिने फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाबाहेक अरु कलाकार फाइनल नभएको निर्देशक नेपालले जानकारी दिए । उनका अनुसार, अहिले दुई जना क्यारेक्टर आर्टिस्टको खोजी भइरहेको छ । केही दिनमा फिल्मको औपचारिक घोषणा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *