मेस्सीले बनाए फेरी नयाँ कितीर्मान ,,

डिसी नेपाल
२३ मंसिर २०७५ १७:५४

 

स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले घरेलु लिग ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् । गत राति इस्पान्योलविरुद्धको खेलबाट मेस्सीले लिगमा एकै खेलमा फ्रि किकबाट २ गोल खेलाडीको रेकर्ड बनाएका हुन् ।

शनिवार राति इस्पान्योलको घरमा भएको खेलमा बार्सिलोनाले ०–४ ले जित निकाल्दा मेस्सीले २ गोल गरेका थिए । उनले दुवै गोल फ्रि किकबाट गरेका थिए । उनले खेलको १७औं र ६५औं मिनेटमा निकै दर्शनीय फ्रि किक गोल गरे ।

सोही २ गोलपछि मेस्सी अब ला लिगाको इतिहासमा एकै खेलमा २ गोल फ्रि किकबाट गर्ने एक्लो खेलाडी बनेका छन् । मेस्सले गत वर्ष पनि ला लिगामै लगातार तीन खेलमा फ्रि किकबाट गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *