बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि
काठमाडौं, २४ मंसिर । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर स्पेनिस क्लब रियल मड्रिडको खेल मैदानमा भएको फाइनल खेलको दोस्रो लिगमा रिभर प्लेटले बोका जुनियर्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।दक्षिण अमेरीकी फुटबल इतिहासकै सबै भन्दा ठूलो फाइनल खेलका रुपमा लिइएको कोपा लिबर्टाडोरेसको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई ३-१ गोल अन्तरले पराजित गर्यो । पहिलो लिगमा २-२ गोलको बराबरी भएको खेलको दोस्रो लिगमा बोका जुनियर्स १० खेलाडीमा झरेको थियो ।
कडा सुुरक्षाकाबीच भएको निकै रोमाञ्चक फाइनल खेलको दोस्रो लेगको ४४औं मिनेटमा बोका जुनियर्सले बेनेटेडोको गोलमार्फत खेलमा अग्रता बनाएको थियो एक गोलले पछि परेको रिभर प्लेटले ६८औं मिनेटमा प्राटोको गोल मार्फत खेल १-१ गोलको अवस्थामा पुर्याएका थिए । निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएपछि थपिएको आधा घण्टामा रिभर प्लेटले दुई गोल गर्याे । खेलको ९२औं मिनेटमा बोका जुनियर्सका बारीअस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जसका फाइदा रिभर प्लेटले निकै राम्रोसँग लिन सफल भयो ।
खेलको १०९ मिनेटमा क्विन्टेरोले गोल गर्दै खेल २-१ को अवस्थामा पुर्याए । त्यसपछि १ २०औं मिनेटमा मार्टिनेजको उत्कृष्ट गोलमार्फत रिभर प्लेटले एकगोलले पछि परेको खेललाई उल्ट्याउदै ३-१ को नतिजा सहित उपाधि जितेको थियो । फाइनल खेल हेर्नका लागि अर्जेन्टिनाको राजधानी बुयनस आयसमा हजारौँ समर्थकको भिड लागेको थियो । यसअघि अर्जेन्टिनामा नै हुने भनिएको दोस्रो लिगमा समर्थकले टिमको बसमा आक्रमण गरेपछि अर्जेन्टिनामा कैयौ पटक स्थगित भएपछि फाइनल खेल रियल मड्रिडको मैदानमा सारिएको थियो । खेलका दौरान २४ सय सुरक्षाकर्मी मैदानमा खटाइएको थियो ।
Facebook Comment