मेस्सीले पहिलोपटक एउटै खेलमा हाने २ फ्रि किक, दुवैमा गोल
मड्रिड। बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सीले आफ्नो ला लिगा करिअरमै पहिलोपटक एउटै खेलमा २ फ्रि किक हानेका छन् । उनी दुवै फ्रिकिकमा गोल गर्न सफल रहे । मेस्सीको २ गोलसँगै लुइस सुआरेज र ओस्माने डेम्बलेले १–१ गोल गरेपछि बार्सिलोनाले ला लिगाको गएराती भएको खेलमा एस्पान्योललाई ४–० ले हराएको छ ।
मेस्सीले खेलको १७ औं र ६५ औं मिनेटमा गोल गरे । डेंबलेले खेलको २६ औं मिनेटमा र सुआरेजले ४५ औं मिनेटमा गोल गरे । यो जितसँगै बार्सिलोना ३१ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । २८ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि २८ अंक छ । चौथो स्थानमा २६ अंकसहित रियाल मड्रिड छ ।
प्रतिक्रिया
Facebook Comment