भंसाली र सलमान खानले १९ वर्ष पछिसँगै सहकार्य गर्दै
भंसालीको नयाँ फिल्ममा सलमान र अनुष्का शर्माको जोडी पुन ‘सुल्तान’ पछि देखिने चर्चा छ । नामी बलिउड निर्देशक सञ्जय लीला भंसाली र अभिनेता सलमान खानले १९ वर्ष अगाडि फिल्म ुहम दिल दे चुके सनमु मा काम गरेका थिए । अब फेरि यो जोडीले सहकार्य गर्ने भएका छन् ।
मिडिया रिपोर्ट्सका अनुसार, सञ्जय लीला भंसालीले नयाँ प्रोजेक्टको लेखन सुरु गरिसकेका छन् । स्क्रिप्ट तयार भएपछि सलमान र अनुष्काको जोडीलाई यो फिल्म अप्रोच गर्ने उनको सोच छ । भंसालीको पछिल्लो रिलिज फिल्म पद्मावतु हो ।
अनुष्का अहिले आफ्नो नयाँ फिल्म जिरो को प्रमोसनमा व्यस्त छिन्, जुन फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ । सलमान आफ्नो नयाँ फिल्म भारत मा व्यस्त छन् भने चाँडै दबंग ३ु को छायांकन सुरु गर्दैछन् । जिरोु मा अनुष्का सेरेब्रल पाल्सी नामको विरामीबाट पीडित यूवतीको भूमिकामा छिन् ।
एक वैज्ञानिकको भूमिका उनले निभाएकी छन् । उनले आफ्नो भूमिकाका लागि तीन महिना कडा मिहिनेत गरेकी थिइन् । भूमिकालाई न्यायपूर्वक निभाउन उनले अक्यूपेशनल थेरेपिस्ट र अडियोलोजिस्टको समेत मद्दत लिएकी थिइन् । यसमा शाहरुख खान र कैटरीना कैफ पनि प्रमुख भूमिकामा छन् ।
Facebook Comment