प्रियंकाको तस्विर पोस्ट गर्दे सासुले लेखिन यस्तो मन छुने स्टाटस
पछिल्लो समय अभिनेत्रि प्रियंका चोपडा र निक जोनासको निकै चर्चा चलिरहेको छ । यी सुन्दर जोडीको राजस्थानको उम्मेद प्यालेसमा धुमधामका साथ बिबाह सम्पन्न भइसकेको छ । बिबाह गरेपछी प्रियंका निक परिवारकी सदस्य बनिन् । निक परिवारमा प्रियंकासहित ११ सदस्य भएका छन् । सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेर प्रियंकाकी सासु डेसि जोनासले नयाँ बुहारीलाई परिवारमा स्वागत गरेकी छन् । उनले नयाँ बुहारी प्रियंकालाइ स्वागत गर्दै लेखेकी छन् । ‘स्वागत छ, श्रीमती जोनास म दिलबाटै दुबैको राम्रो जीवन र मायाको कामना गर्छु ।
तिमि दुईको जीवनमा धेरै खुसी आउन र यो यात्रा पूरा जीवनभर चलोस । धेरै धेरै माया, आमा।।’यसअघि प्रियंकाका ससुरा पाल केभिन जोनासले पनि उनको स्वागत गरेका थिए । पालले लेखेका थिए, ‘प्रियंका परिवारमा स्वागत छ ।’ यतिबेला निक र प्रियंका घुमघाममा मस्त रहेका छन् । समाचारमा जनाइएअनुसार प्रियंकाले २० डिसेम्बरमा मुम्बईमा रिसेप्शन दिनेछन् । एजेन्सी
Facebook Comment