विराटनगरलाई हराउँदै भैरहवा ईपीएलको प्ले अफमा
काठमाडौं । साविकको उपविजेता भैरहवा ग्लाडीयटर्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरदको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो ।
पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए । यस्तै कप्तान शरद भेषावकरले १६ रन जोड्दा रबी इन्दर सिंहले १२ रन बनाए । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे ।
विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो ।
विराटनगरका लागि भान डेर मेर्वीले २५ रन जोड्दा करण केसीले १८ रन जोडे । यस्तै सुमित महर्जनले १५ रन जोड्दा हरि बहादुर चौहानले अविजित १३ रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका लागि मोहमद नाभिदले उत्कृष्ट बलिङ गरे । नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २-२ विकेट लिए ।
विराटनगरविरुद्धको जितसंगै भैरहवाले ३ खेलबाट ६ अंक जोड्यो । र, भैरहवा अंक तालिकाको पनि शीर्ष स्थानमा उक्लिएको छ ।
भैरहवा दुई खेल अगावै प्ले अफ्मा पुगेको हो । अब भैरहवाले ललितपुर र काठमाडौंसंग खेल्नेछ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो ।
दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना कायम रहेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।
Facebook Comment