संसारकै धनी व्यक्तिको कम्पनीबाट ठगिइन् सोनाक्षी सिन्हा !

डिसी नेपाल
२७ मंसिर २०७५ ११:२४

मुम्बइ। बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई आनलाइन शपिङ कम्पनीले ठगेको घटना सार्वजनिक भएको छ । अनलाइन शपिङ कम्पनी अमेजनले सोनाक्षीलाई ठगेको उनी आफैंले बताएकी हुन् । सोनाक्षीले केही दिनअघि अनलाइन शपिङ कम्पनी अमेजनमा १८ हजार भारतीय रुपैयाँ मूल्य पर्ने हेडफोन अर्डर गरेकी थिइन् । तर, जब उनीकहाँ सामान डेलिभरी भयो प्याकेटभित्रबाट फलामको टुक्रा निस्कियो ।

सोनाक्षीले आफूकहाँ डेलिभरी गरिएको पार्सलको तस्वीर आफ्नो अफिसियल ट्वीटरमा सार्वजनिक गरेकी छिन् । सोनाक्षीले ट्वीटमा लेखेकी छिन् ‘अमेजन, मैले तपाइँकहाँबाट आफ्नो लागि हेडफोन मगाएकी थिएँ । तर, यो हेर्नुहोस् मैले के पाएँ । पूर्ण रुपमा प्याक गरिएको र खोलिएको पनि छैन । हेर्दा पूरै परफेक्ट छ, तर बाहिरबाट मात्र । अनि तपाइँको ग्राहक सेवा केन्द्रले मद्दत पनि गर्न चाहँदैन जसका कारण स्थिति अझै खराब भएको छ ।

सोनाक्षीले ट्वीटमा ग्राहक सेवा केन्द्रले सहयोग गर्न पनि नचाहेको लेखेपछि अमेजनले तत्काल यसको जवाफ दिएको छ । ‘ओहो, यो अमान्य हो । तपाइँको भर्खरैको शपिङ अनुभव र हाम्रो सहयोगी टिमसँग सम्पर्क गर्दाको अनुभवको लागि हामी माफी चाहन्छौं । कृपया आफ्नो जानकारी यहाँ शेयर गर्नुहोस् हामी तपाइँसँग सिधा सम्पर्क गर्नेछौं ।’ स्मरणीय छ अमेजन संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको कम्पनी हो । बेजोस अहिले १३०.५ बिलियन डलर सम्पत्तिसहित संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *