२७ लाखको लागतमा काङ्ग्रेसको भवन निर्माण

डिसी नेपाल
२७ मंसिर २०७५ १३:०७

दमक । काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ ।

दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करीब रु २७ लाखको लागतमा निर्माण गरिएको पार्टी क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बताए ।

तीन वर्षअघि शुरु गरिएको पार्टी कार्यालय भवन बनाउन पार्टी कार्यकर्ता, शुभेच्छुकसहित मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टको सहयोगबाट निर्माण गरिएको उनले जानकारी दिए। आगामी पुसभित्र उद्घाटन गरिने उक्त एक तले पार्टी कार्यालय भवन एक हलसहित चार कोठा रहेका छन् । पार्टी कार्यालय भवन निर्माण गरिएपछि पार्टीका बैठक, भेला बस्न सुविधा पुग्ने क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।

यसैगरी काङ्ग्रेस दमकको समेत कार्यालय भवन थप व्यवस्थित गरिने कार्य धमाधम भइरहेको काङ्ग्रेस नगर उपसभापति राजकुमार गौतमले बताए । निर्माण समितिका सहसंयोजक गौतमका अनुसार नगर पार्टी कार्यालयको स्तरोन्नति गर्न विभिन्न संरचनाका काम धमाधम भइरहेका छन् । कार्यालयको सभागृह, बैठक कक्ष, सचिवालय कक्ष, रङरोगन व्यवस्थित गरिने कार्य भइरहेको उनले जानकारी दिए । ती कार्य सम्पन्न गर्न देउसीभैलोबाट सङ्कलित रु एक लाखसहित चन्दा सहयोग गरी रु छ लाख लागत रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *