एभरेष्ट प्रिमियर लिगः बाबर हयातको छक्काले आयोजककै गाडीको सिसा फुट्यो
काठमाडौं। काठमाडौंको किर्तिपुरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सका ब्याट्सम्यान बाबर हयातले छक्का हान्दा मैदानबाहिर पार्किङ गरेर राखिएको गाडीको अगाडिको सिसा फुटेको छ । गाडी एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरको भएको बताइएको छ ।
हङकङका खेलाडी हयातले आजको खेलमा ४२ बलमा ९० रन प्रहार गर्ने क्रममा ८ छक्का र ५ चौका प्रहार गरेका थिए यद्यपि उनले टिमलाई जिताउन भने सकेनन् । यसैबीच आजकै खेलको पहिलो इनिङमा चितवन टाइगर्सको ब्याटिङको क्रममा एक दर्शकले छक्का गएको बल एक हातले क्याच गर्दै ५० हजार जितेका छन् । उनी प्रतियोगितामा एकहाते क्याच गरेर ५० हजार जित्ने दोस्रो खेलाडी भएका छन् । उनको नाम दर्शन ओली भएको बताइएको छ । दर्शनले चितवनका जर्ज स्कटको बल एक हातले क्याच गरेका थिए । स्कटले ३ छक्का हान्दै १० बलमा नटआउट २४ रन बनाएका थिए ।
Facebook Comment