बक्स अफिसमा महारेकर्ड : ७०० करोड क्लवमा रजनीकान्त-अक्षयको ‘२.०’
मुम्बइ। मोवाइल रेडिएशनको खतराबाट सचेत बनाउने फिल्म २.० निर्देशक शंकारको ‘ड्रिम प्रोजेक्ट’ हो । यसको निर्माण करिब ५५० करोडको विशाल लागतमा गरिएको थियो । यो भारतीय फिल्म इतिहासमा अहिलेसम्मको सबैभन्दा महंगो फिल्म भएको बताइएको छ । रजनीकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म यही नोभेम्बर २९ मा रिलिज भएको थियो । भारतको यो फिल्म अब संसारभर बक्सअफिसमा विशाल रेकर्ड बनाउने तयारीमा छ । यो फिल्मको कमाइ हजार करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।
फिल्म रिलिजको दोस्रो हप्तामै ७०० करोड क्लवमा पुगिसकेको छ । यो फिल्म ७०० करोड क्लवमा पुग्ने तमिल फिल्म उद्योगको इतिहासको एकमात्र फिल्म हो । ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार २.० ले अहिलेसम्म ७१०.९८ करोड कमाइ गरेको छ । फिल्मले २ हप्ताभित्र तमिलनाडुमा मात्र १६६.९८ करोड कमाएको छ । मनोबालाका अनुसार फिल्मले पहिलो हप्ता ५२६.८६ करोड कमाएको थियो । दोस्रो हप्ताको पहिलो दिन २७.३१ करोड, दोस्रो दिन ३२.५७ करोड, तेस्रो दिन ३६.४५ करोड, चाथो दिन ३९.२० करोड, पाँचौं दिन १७.१३ करोड छैटौं दिन १४.६६ करोड र सातौं दिन १६.८० करोड कमाइ गरेको छ ।
अर्कोतर्फ सबै ट्रेड रिपोर्टमा फिल्म तेस्रो हप्ता पनि बक्स अफिसमा मजबुतीका साथ टिकिरहने बताइएको छ । यो मजबुती भारतका साथै अन्तर्राष्ट्रिय बजारमा पनि कायम रहनेछ । रिपोर्टका अनुसार दोस्रो हप्तापछि पनि अमेरिकामा करिब १०० थिएटरमा फिल्मको स्क्रिनिङ भइरहेको छ । तेस्रो हप्तासम्म कुनै भारतीइ फिल्मको लागि यसरी स्क्रिनिङ पाउनु आफैंमा रेकर्ड मानिएको छ ।
Facebook Comment