रोनाल्डोको प्रतिबद्धता ःम रियल सगं च्याम्पियन्स लिग खोस्ने छु
युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा इटालियन क्बल युभेन्टसले यसपटक निकै राम्रो खेल खेलिरहेको छ । युभेन्टस समूह ‘एच’को समूह विजेता हुँदै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
उसले ६ खेल खेल्दा १२ अंक बनाएको छ । यस्तै सोही समूहमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले १० अंक बनाएको छ । युभेन्टसले ४ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । उसले यस समूहको सबैभन्दा कमजोर मानिने टिम योङ बोइजविरुद्ध २–१ को पराजय भोगेको थियो ।
यसैबीच युभेन्टसका बलिया खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यसपटकको च्याम्पियन्स लिगमा युभेन्टस च्याम्पियन हुने बताएका छन् । रोनाल्डोले आफू र आफ्नो क्लब युभेन्टस च्याम्पियन्स लिग जित्न सक्षम रहेको दाबी गर्दै यस्तो बताएका हुन् ।
रोनाल्डो सर्वाधिक ४ पटक च्याम्पियन्स लिग जित्ने कीर्तिमानी खेलाडी हुन् । गत सिजन पनि उनको पूर्वक्लब रियल मड्रिडले यस लिग जितेको थियो । रोनाल्डो सम्मेलित पूर्व क्लब रियललले अहिलेको नयाँ क्लब युभेन्टसलाई ४–१ गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनले सो खेलमासशक्त प्रदर्शन गरेका थिए । उनी सो खेलमा म्यान अफ द म्याच पनि भएका थिए ।
उनी यसै सिजन मात्र रियलबाट युभेन्टस गएका हुन् । इटालीमा पनि रोनाल्डोले दमदार प्रदर्शन गरिरहेका छन् । युभेन्टसका लागि रोनाल्डोले १९ खेलमा ११ गोल गरिसकेका छन् ।
इटालियन च्याम्पियन क्लब युभेन्टसले सन् १९९६ देखियता च्याम्पियन्स लिगको फाइनलमा पाँच पटक पुगे पनि उपाधि भने जित्न सकेको छैन । तर, यसपटक भने सो लिगको उपाधि दिलाएरै छोड्ने रोनाल्डोले बताएका छन् ।
उनले आफू नयाँ चुनौतीको सामना गर्न इटाली आएको उल्लेख गर्दै भने, ‘म हिजो रियलमा थिएँ र रियलमा छदाँ सबै जितियो । तर, म हाल युभेन्टसमा छु र यहाँ पनि सबै जित्न चाहान्छु । ’
आफू युभेन्टसलाई च्याम्पियन्स लिग जिताउँन हर सम्भव प्रयास गर्ने बताउँदै उनले थपे, ‘म आफ्नो क्लका लागि जस्तोसुकै योगदान दिन तयार छु । र, युभेन्टसलाई च्याम्पियन्स लिग दिलाउन सोही प्रकारको योगदान दिनेछु ।’
Facebook Comment