इपीएल : चितवनको पहिलो जित, विराटनगर पराजित
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा साविकको विजेता विराटनगर वारिवर्स पराजित भएको छ।
शुक्रबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससंग ५ रनले पराजित भएको हो। टियु क्रिकेट मैदानमा चितवनले दिएको १९७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाउन सक्यो।
विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबरहायतले ९० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। आक्रामक ब्याटिङ गरेका बाबरले ४२ बलमा ८ छक्का र ५ चौकाप्रहार गरे। चितवनका ललित सिंह भण्डारीले ४ विकेट लिए। यस्तै सागर ढकालले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रन बनाएको थियो। चितवनका लागि इंग्लिश ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीयइनिङस खेले। यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए।
विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक एक विकेट लिए। जितसंगै पाँचौ स्थानको चितवनले ४ खेलबाट २ अंकजोडेको छ।
जितपछि अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले प्ले अफमापुग्ने सम्भावना कायम राखेको छ। तेस्रो स्थानको विराटनगरको पनि प्ले अफ सम्भावना कायम रहेको छ। विराटनगरले ४ खेलबाट ४ अंकजोडेको छ।
Facebook Comment