अध्यक्षको प्रतिवेदनमा बामदेव गौतमको फरक मत , सोमबार बस्ने गरी स्थायी कमिटि बैठक स्थगित

डिसी नेपाल
२९ मंसिर २०७५ १२:३०

काठमाडौं । आगामी सोमबार बस्नेगरी नेपाल कम्युनिस्ट पार्टी ने क पाको स्थायी कमिटी बैठक स्थगित भएको छ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बालुवाटार बाहिर पहिलो पटक बसेको स्थायी कमिटीको बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखेका थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरे।

उनको प्रतिवेदनलाई लिएर नेता बामदेव गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन्। ८ बुँदे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ।

सरकार र पार्टी संचालन, पार्टी एकीकरणको अवस्था, आगामी राजनीतिक कार्यभार लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर सोमबार बस्ने बैठकमा छलफल हुनेछ।

पार्टी एकतापछि पहिलो पटक निर्धारित समयमा नै सुरु भएको बैठक दुई घन्टामात्र चलेको थियो। सोमबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा नै बैठक बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *