को बन्ला दोस्रो नेपाल आईडल ? पौष ६ गते काठमांडौमा हुदै छ फाइनल ,

डिसी नेपाल
१ पुष २०७५ १२:४८

काठमाडौं। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को फाइनल काठमाडौंमै हुने भएको छ । काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएको सो फाइनल इभेन्ट काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ ।

कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार आउँदो ६ गते शुक्रबार नेपाल आइडल विजेता घोषणा हुने छ । साथै उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए ।

फाइनलमा चार प्रतिस्पर्धी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् । जसमध्ये विक्रम र सुमित गोल्डेन माइक विजेता प्रतियोगी हुन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल–२ गत साउन २४ देखि सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *