सारा अली खानसँग रणवीर सिंहको दमदार डान्स

डिसी नेपाल
२ पुष २०७५ ४:१०

सैफ अली खानकी छोरी सारा अली खान र रणवीर सिंहको मोस्टअवेटेड फिल्म ‘सिम्बा’ २८ डिसेम्बरमा रिलीज हुँदैछ।

यतिबेला सारा र रणवीर फिल्मको प्रमोशनमा जुटेका छन्। केही दिन अगाडि उनीहरु रियालिटी शो ‘डान्स प्लस’ सीजन–४ मा पुगेका थिए। त्यहाँ जज र अडियन्सको फरमाइशमा सारा–रणवीरले आफ्नो फिल्मको हिट गीत ‘आँख मारे… ओ लडकी आँख मारे’ मा खुलेर डान्स गरे। सारा–रणवीरको डान्स देखेर त्यहाँ उपस्थित प्रतिश्पर्धी र बालाबालिका स्टेजमा पुगे र डान्स गरे। परफर्मेन्सपछि सुपर जज रेमो फर्नाडिज उडेर सिट्टी बजाए अनि सारा–रणवीरको तारिफ गरे।

सिम्बा २०१५ मा बनेको तेलुगू फिल्म टेम्बरको रिमेक हो। यो फिल्ममा जुनियर एनटीआरले काम गरेका थिए। फिल्ममा जुनियर एनटीआरले प्रहरी अफिसर दयाको भूमिका निर्वाह गरेका थिए, जसले स्मगलरसँग हात मिलाएर आफ्नो शक्तिको दुरुपयोग गर्छन र अवैध तरिकाले पैसा कमाउँछन्।

फिल्ममा जुनियर एनटीआरको अन्दाज टपोरी प्रहरीको थियो, जो पैसाकालागि जे पनि गर्छन। पेन्टरकै जस्तै सिम्बामा दयाको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन्। र, उनको नाम एसीपी संग्राम भालेराव छ। फिल्ममा अजय देवगन पनि सानो भूमिकामा छन्। त्यसबाहेक सोनु सुद, आशुतोष राणा र सिद्धार्थ जाधव पनि फिल्ममा छन्। एजेन्सी।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *