नयाँ युवानेता को कमी छ कांग्रेसमा : केशव कुमार बुडाथोकी

डिसी नेपाल
२ पुष २०७५ ६:२७

काठमाडौं । पहिलो संविधानसभा निर्वाचनमा झापाका ७ मध्ये ५ वटा क्षेत्र तत्कालीन नेकपा (माओवादी)ले जित्यो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पराजय व्यवहोरेको त्यो निर्वाचनमा झापा– ५ बाट भने नेपाली कांग्रेसका केशवकुमार बुढाथोकी निर्वाचित भए । उनी ०७० मा पनि सभासद निर्वाचित भएर सामान्य प्रशासन मन्त्री बने ।

इलाममा जन्मेका कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको राजनीतिक ‘करिअर’ निकै रोचक छ । ०२८ सालमा अस्कल क्याम्पसको विद्यार्थी छँदा वीपी कोइरालालाई भेटेको निहुँमा पक्राउ परेर उनले नौ महिना सदर जेलमा बिताए थिए । त्यसबेला उनी पार्टीमा लागेकै थिएनन् । त्यसपछिका दिनमा उनी राष्ट्रिय पञ्चायत सदस्य र सहायक मन्त्री बने ।

अहिले नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवानिकट मानिने बुढोथोकी पार्टीमा नेतृत्व संकट रहेको बताउँछन् । अहिलेको नेतृत्व आलोचित भएकोमा भन्दा उनको चिन्ता वैकल्पिक नेतृत्व नआएकोमा छ । नयाँ पुस्ताका नेताहरू ‘इम्प्रेसिभ’ हुन नसकेको उनको ठहर छ ।

महासमिति बैठकको पूर्वसन्ध्यामा हात्तीगौंडास्थित निवासमा उनले वर्तमान कांग्रेस नेतृत्वबारे खुलेर कुरा गरे । आफ्नो राजनीतिक जीवनको आरोह–अवरोह र कांग्रेस पार्टीबारे बुढाथोकीसंग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

‘ग्रास रुट’ले आफूलाई बिझेका कुरा बलियोसँग उठाउन, नेतृत्वले गरेको गल्ती स्वीकार्नुपर्छ र यो महासमिति बैठकले पार्टी एकढिक्का छ भन्ने सन्देश दिनसक्नुपर्दछ । बाहिर जति ‘प्रपोगण्डा’ भएपनि महासमिति सदस्यहरूले पार्टी एक छ भन्ने सन्देश लिएर फर्कन सके पुग्छ ।

महासमिति बैठक सबै कुरा व्यक्त गरेर मन माझामाझ गर्ने ठाउँ हो । पार्टी पराजित भएकोमा कार्यकर्तामा चिन्तन भएको छ । मिडियामा हामी कमजोर छौं । कांग्रेसभित्र ठूलो कलह छ भनेर मिडियाले लेखिरहेको छ । कृष्णप्रसाद भट्टराईको पालादेखि कांग्रेसले मिडियालाई आफ्नो पक्षमा बनाएको देखेको छैन । शक्तिमा हुँदा पनि मिडियालाई आफ्नो पक्षमा पार्न सकेनौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *