आइटम गर्लको रुपमा दिपाश्री, यसरी खोले स्वस्तिमा र दिपाले सुटिङको मज्जा
काठमाडौं । विकास राज आचार्यको निर्देशनमा रहेको फिल्म ‘हजार जुनीसम्म’ को गीत छायांकन भइरहेको छ। करिब १० लाख खर्चिएर लगाइएको सेटमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आर्यन सिग्देललगायतका कलाकारहरुले अभिनय रहनेछ ।
पछिल्लो समय विकास राज आचार्य निर्देशित फिल्म ‘नाइ नभन्नु ल ५’ पनि ब्लक बस्टर भएको थियो। कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको शूटिङमा आइटम गर्ल अर्थात भट्टी साउनी बनेकी छिन् दिपाश्री निरौला ।
त्यस्तै भट्टीमा सुकुटी र वियर खान आएकी छिन् स्वस्तिमा खड्का। आज सोही गीतको सुटिङको क्रममा दिपाश्री र स्वस्तिमासँग सिनेपाटीले गरेको कुराकानी यस भिडियोमा प्रस्तुत गरिरहेका छौँ जसमा यी दुईले सुटिङको क्रममा भएको रमाइला क्षणहरु बताइरहेका छन् ।
हेर्नुस् भिडियो कुराकानी…
प्रतिक्रिया
Facebook Comment